कोरोनाबाट इटाली र स्पेनमा एकै दिन १४ सयको मृत्यु

काठमाण्डु टुडे २०७६ चैत १४ गते ८:३५ मा प्रकाशित

काठमाण्डु, १४ चैत– कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा पछिल्लो २४ घण्टामा ७ सय १२ जनाको ज्यान गएको छ ।

यो सँगै इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २ सय नाघेको छ । ८ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या ८० हजार नाघेको छ ।

उता स्पेनमा पनि पछिल्लो २४ घण्टामा ७ सय १८ जनाको कोरोना भाइरसबाट ज्यान गुमाएका छन् । यो सँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय ६५ पुगेको छ । स्पेनमा पनि ८ हजार नयाँ संक्रमित फेला परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us