प्रधानमन्त्री ओली अस्वस्थ, अस्पताल भर्ना

काठमाण्डु टुडे २०७६ चैत १४ गते ८:४६ मा प्रकाशित

काठमाण्डु, १४ चैत– प्रधनामन्त्री केपी ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् ।

प्रधानमन्त्री ओलीको मुटुको चाल अस्थिर भएपछि उनलाई अस्पताल लगिएको हो । प्रधानमन्त्रीलाई राति नै असहज महसु भएपछि अस्पताल भर्ना गरिएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको गत २१ फागुनमा दोश्रोपटक मृगौला प्रत्यारोपण गरिएको थियो । चिकित्सकले अस्पतालमै बसेर अथप आराम गर्नुपर्ने सुझाव दिए पनि ओली बालुवाटार फर्किएका थिए ।

धपेडी नगर्न चिकित्सकले दिएको सुझावको बेवास्ता गर्दै प्रधानमन्त्री काममा फर्किएका थिए । तीन दिनअघि मात्र उनले मन्त्रिपरिषद बैठक बोलाएका थिए । प्रधानमन्त्रीले दुई दिनअघि म घरबाटै मुलुक चलाइरहेको छु, तपाईंहरु पनि घरमै बस्नुहोला भन्ने सन्देश सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us