काठमाण्डुमा केही घरधनी जो यतिसम्म निर्दयी छन्…

काठमाण्डु टुडे २०७६ चैत १४ गते ९:३० मा प्रकाशित

काठमाण्डु, १४ चैत– कोरोना संक्रमण (कोभिड–१९) संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेका बेला काठमाण्डु उपत्यकाका केही घरधनीले दैनिक ज्याला मजदुरी गरेर छाक टार्नुपर्ने अवस्थाका डेरावाललाई घरबाहिर निस्कन रोक लगाएको पाइएको छ ।

काममा गए घरै छाडेर जान धम्की दिन थालेपछि डेरामा बस्ने मजदुरमा परिवार भोकभोकै मर्नुपर्ने अवस्था आउने देखिएपछि त्यसबारे सरकारले मुख खोलेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति नै जारी गरेर घरधनीहरुलाई दैनिक ज्याला मजदुरी गर्ने डेरावललाई काममा जानबाट नरोक्न भनेको हो ।

मन्त्रालयले अत्यावश्यकीय वस्तु तथा सेवाको उत्पादन, ढुवानी र वितरणमा संलग्न श्रमिकलाई काममा जानबाट नरोक्न आग्रह गरेको छ । मन्त्रालयले उद्योगी व्यवसायीलाई समेत त्यस्ता सेवामा काम गरिरहेका श्रमिकहरुमा संक्रमण हुन नदिन तोकिएको मापदण्डअनुसार सुरक्षा उपाय अबलम्बन गर्न पनि उद्योगी व्यवसायीलाई भनेको छ ।

‘श्रमिक तथा अन्य जो कोही जनशक्तिले संकटको यस घडीमा आफ्नो सुरक्षाको समेत ख्याल गर्दै पेशागत जिम्मेवारी, नैतिकता र इमानदारिताको पूर्ण पालना पर्ने हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us