प्रधानमन्त्रीको मुटु, रगत र पेटमा परीक्षण

काठमाण्डु टुडे २०७६ चैत १४ गते ११:३३ मा प्रकाशित

काठमाण्डु, १४ चैत– मुटुको चाल अस्थिर भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार देखिएको अस्पतालले जनाएको छ ।

ओलीलाई गएराति शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । ओलीको मुटु रगत र पेटको परीक्षण गरिएको छ ।

ओलीको उपचारमा संलग्न डा. अरुण सायमीले सबै परीक्षणको रिपोर्ट सामान्य आएको बताए । डा. सायमीका अनुसार आजै साँझसम्म ओलीलाई डिसचार्ज गर्ने सम्भावना छ ।

प्रधानमन्त्री ओलीको गत २१ फागुनमा शिक्षण अस्पतालमै दोश्रोपटक मृगौला प्रत्यारोपण गरिएको थियो । चिकित्सकले स्वास्थ्य संवेदनशीलताका कारण थप आराम जरुरी रहेको बताउँदा बताउँदै ओली बालुवाटार निवास आएका थिए ।

त्यसयता पनि आराम नगरी ओली काममा सक्रिय छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us