काठमाण्डुबाट एकाबिहानै १ सय ३९ जना पक्राउ

काठमाण्डु टुडे २०७६ चैत १५ गते १०:१६ मा प्रकाशित

काठमाण्डु, १५ चैत– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि घोषणा गरिएको लकडाउन उल्लंघन गर्नेमाथि कडा रबैया अपनाइने भएको छ ।

प्रहरीले शनिबार बिहानै राजधानीबाट लकडाउन उल्लंघन गरेर घरबाहिर निस्किएका १ सय ३९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ सय ३० पुरुष र ९ महिला छन् । सरकारले महामारी रोकथामका लागि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किएर सहयोग गर्न अपिल गर्दै आएको छ ।

तर, मानिसहरु सडकमा निस्किन नछाडेपछि प्रहरीले आक्रामण रणनीति अतियार गरेको महानगरीय प्रहरी प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी विश्वराज पोखरेलले बताए ।

पोखरेलले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै अवज्ञा गरे नियन्त्रणमा लिएर कारबाही गरिने चेतावनी दिए । उनले लकडाउन आफ्नै स्वास्थ्य र जीवनका लागि हो भन्नेबारे नागरिकले बुझ्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us