कोरोना प्रभावः ऋणीलाई राहत दिने सरकारको निर्णय

काठमाण्डु टुडे २०७६ चैत १६ गते १९:३८ मा प्रकाशित

काठमाण्डु, १६ चैत– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण आर्थिक गतिविधि ठप्प भएका बेला सरकारले ऋणीलाई चैत महिनाको सावाँ र ब्याज असारसम्म तिरे हुने गरी सहुलियत दिने भएको छ ।


कोरोना संक्रमणका कारण व्यापार व्यवसाय ठप्प भएको भन्दै नेपाल राष्ट्रबैंकले आइतबार चैतमा तिर्नुपर्ने ऋणको सावाँ र ब्याज असार मसान्तसम्ममा तिरे हुने निर्णय गरेको हो । बैंकले सम्बन्धित निकायमा आइतबारै सो सम्बन्धी सर्कुलर जारी गरेको छ । चैतभित्रै ऋणको सावाँ र ब्याज तिर्नेले भने ब्याज रकममा १० प्रतिशत छुट पाउने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us