कोरोनासँग लड्न नेपालले लियो २२ अर्ब वैदेशिक ऋण

काठमाण्डु टुडे २०७६ चैत १७ गते ८:३७ मा प्रकाशित

काठमाण्डु, १७ चैत– सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई राहत दिन २२ अर्ब वैदेशिक ऋण लिने भएको छ ।

मन्त्रिपरिषदको आइतबारको बैठकले राहतका लागि रकमको जोहो गर्न सहुलियतमा ऋण लिन लागेको हो । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्टिय मुद्रा कोषबाट उपलब्ध हुने निर्ब्याजी ८७.५ मिलियन एसडीआर अर्थात् १३ अर्ब नौ करोड ऋण सुविधा लिने निर्णय भएको बताए ।

यस्तै विश्व बैंकबाट आपतकालीन स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम अन्तगैत प्राप्त हुने २९ मिलियन अर्थात तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण सहायतासमेत स्वीकार गर्ने निर्णय भएको खतिवडाले बताए ।

उनका अनुसार एसियाली विकास बैंकले घोषणा गरेको ५० मिलियन अमेरिकी डलरको सहयोग कार्यक्रम पनि स्वीकार गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । मन्त्री खतिवडाले चालु आर्थिक वर्षको बजेटबाट रकमान्तर गरेर वा अन्य ऋण खोजेर राहतका लागि खर्च गरिने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us