तेलको मूल्य १८ वर्षयताकै सस्तो

काठमाण्डु टुडे २०७६ चैत १८ गते ८:२५ मा प्रकाशित

काठमाण्डु, १८ चैत– इन्धनको मूल्य १८ वर्षयताकै सबैभन्दा सस्तो भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिएसँगै माग ह्वात्तै घटेपछि तेलको मूल्य ओरोला लागेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार तेलको मूल्य झरेर २२.५८ अमेरिकी डलर प्रतिब्यारेलमा सीमित भएको छ । यो सन् २००२ यताकै सबैभन्दा कम मूल्य भएको बीबीसीले जनाएको छ । सन् २००२ मा तेलको मूल्य प्रतिब्यारेलमा २० अमेरिकी डलरसम्म कायम भएको थियो । तेलको मूल्यमा लगातार ओरालो लाग्ने क्रम सँगै कतिपय कम्पनीले उप्पादन घटाएका छन् ।

कोभिड–१९ का कारण हाल विश्व नै लकडाउनको अवस्थामा छ । ठूला उद्योगे धन्दा, कलकारखाना, विकास आयोजना, जहाज र गाडी ठप्प छन् । सोही कारण बजारमा तेलको मूल्य निराशाजनक रुपमा तल झरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us