एकैपटक ह्वात्तै घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाण्डु टुडे २०७६ चैत १९ गते २०:२७ मा प्रकाशित

काठमाण्डु, १९ चैत– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टिेतेलको मूल्य ह्वात्तै घटाएको छ ।

निगमले बिहीबारदेखि लागू हुने गरी तीनवटै पेट्रोलियम पदार्थमा प्रतिलिटर १०/१० रुपैयाँका दरले घटाएको हो । निगम सञ्चालक समितिको बुधबारको बैठकले स्वचालिम मूल्यप्रणालीसमेत निलम्बन गरेर एकैपटक यति धेरै मूल्य घटाएको हो ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपालमा पनि मूल्य घटेको हो । निगम प्रवक्ता विनितमणि उपाध्यायले भारतले समेत मूल्य घटाएर पठाएको जानकारी दिए । अब पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us