लकडाउन खुलेको दुई सातापछि मात्र एसईई परीक्षा

काठमाण्डु टुडे २०७६ चैत २१ गते २३:१८ मा प्रकाशित

काठमाण्डु, २१ चैत– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि लागू गरिएको लकडाउन खुलेको दुई सातापछि मात्र सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले लकडाउन खुलेर जनजीवन सामान्य हुन दुई साता लाग्ने भन्दै त्यसपछि मात्र एसईई परीक्षा सुरु हुने जनाएको हो । यसअघि ६ चैतबाट सुरु भनिएको परीक्षा कोरोना संक्रमणका कारण स्थगन भएको थियो ।

‘परीक्षाको वातावरण बन्नका लागि पहिला जनजीवन सामान्य हुनुपर्छ’, परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘लकडाउन खुलेको दुई सातापछि एसईई परीक्षा सुरु हुन्छ ।’ विद्यार्थीलाई परीक्षा तयारी गर्न पनि दुई साताको समय दिनुपर्नेमा बोर्ड रहेको खकुरेलले स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us