औषधिमा खाने मन्त्री हटाउन प्रधानमन्त्रीसँग देउवाको माग

काठमाण्डु टुडे २०७६ चैत २१ गते २३:३५ मा प्रकाशित

काठमाण्डु, २१ चैत– प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोना रोकथामका लागि चीनबाट आयात गरिएको अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा अनियमतिता गर्नेमाथि कारबाहीको माग गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले शुत्रलबार विज्ञप्ति जारी गर्दै अनियमितता र ढिलासुस्ती गर्नेलाई कारबाही गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका हुन् । यो कार्य माफी योग्य नरहेको भन्दै देउवाले अनियमिततामा संलग्नलाई बर्खास्ती गर्न भनेका छन् ।

विज्ञप्तिमा देउवाले अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्याएको उल्लेख गरेका छन् उनले औषधि खरिद प्रक्रियाबारे छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने बताए ।

‘अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शीता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतको कमसल सामग्री खरिद जस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनैपनि दृष्टिले माफीयोग्य छैन,’ विज्ञप्तिमा भनिएको छ छ, ‘यो ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीलाई आग्रह गर्दछु ।’

देउवाले मेडिकल सामग्री खरिद प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेको एवं समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको भन्दै सरकारप्रति आपत्ति जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us