लकडाउन थप कडा पार्ने मन्त्रिपरिषदको निर्णय

काठमाण्डु टुडे २०७६ चैत २२ गते २०:०९ मा प्रकाशित

काठमाण्डु, २२ चैत– सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि हाल लगाइरहेको लकडाउन थप कडा बनाउने निर्णय गरेको छ ।

कोरोना भाइरस समुदायमा फैलन थालेको निस्कर्षसहित सरकारलाई लकडाउन कडा पार्ने निर्णय गरेको हो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले संक्रमण नयाँ चरणमा प्रवेश गरेको निस्कर्षसहित लकडाउन कडा पार्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार स्थानीय स्तरमा कोरोना देखिएका बागलुङ, कैलाली र कञ्चनपुरमा बाहिरबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण तीव्र बनाउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । हालसम्मको लकडाउन सफल भएको निस्कर्ष पनि सरकारको छ । ११ गते पहिलोपटक लगाइएको लकडाउन १८ चैतपछि दोश्रोपटक थप भएको थियो । उक्त अवधि २५ चैतमा सकिँदैछ । अर्कोपटक लकडाउन थप्ने करिब निश्चित छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us