लकडाउनमा भोक लाग्यो ? पशुपति जानूस्, निःशुल्क खाना खानूस्

काठमाण्डु टुडे २०७६ चैत २२ गते २०:२२ मा प्रकाशित

काठमाण्डु, २२ चैत– पशुपति क्षेत्रका साधु सन्त र आगन्तुकलाई निःशुल्क खानाको व्यवस्था गरिएको छ ।

मध्याह्न १२ः०० देखि अपराह्न २ः०० बजेसम्म खानाको व्यवस्था गरिएको हो ।  पशुपति परिसरमा रहेको सुमार्गी भवनका सञ्चालक सुनिल वैद्यले निःशुल्क खानाको व्यवस्थापन गरेका हुन् । लकडाउनका कारण खाने कुराको अभावमा परेका साधु सन्त र अन्य नागरिकलाई खानाको व्यवस्था गरिएको हो ।

दैनिक ४ सय जनालाई बिहानको खाना निःशुल्क व्यवस्था गर्दै आएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका प्रमुख कार्यकारी अधिकृत घनश्याम खतिवडा र सदस्यहरु प्रदीप ढकाल र राजु खत्रीले चामल उपलब्ध गराउँदै आएका छन् ।

कालिमाटी तरकारी बजारका दुई व्यवसायीले तरकारी तथा पशुपति एग्रोभेटका व्यवसायीले नुन, तेल र मसला सहयोग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us