कोरोना रोक्न सरकारको नयाँ कदमः एक पालिकाबाट अर्कोमा जान रोक

काठमाण्डु टुडे २०७६ चैत २२ गते २०:४२ मा प्रकाशित

काठमाण्डु, २२ चैत–सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि एक स्थानीय तहबाट अर्कोमा जान कडाई गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपिरिषद बैठकले एक जिल्लाबाट अर्को जिल्ला र एक पालिकाबाट अर्को पालिका आउजाउ गर्न कडाई गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

‘एक पालिकाबाट अर्कोमा र एक जिल्लाबाट अर्को जिल्ला आवतजावतमा कडाई गर्ने निर्णय भएको छ’, बैठकपछि सञ्चारकर्मीसँग खतिवडाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us