भारतबाट फर्केकाहरु धमाधम संक्रमित हुन थाले

काठमाण्डु टुडे २०७६ चैत २३ गते ८:३३ मा प्रकाशित

काठमाण्डु, २३ चैत– सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९¬) संक्रमण देखा परेको छ। यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका¬–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवामा कोरोना देखा परेको हो ।

कञ्चनपुरको बेदकोटका ४१ वर्षीया युवा भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाबाट कञ्चनपुरको ब्रम्हदेव हुँदै लुकेर नेपाल छिरेका हुन् । कैलालीको लम्कीका युवा चैत ११ गते धनगढीसँग सीमा जोडिएको गौरीफन्टा नाकाको भीडबाट नेपाल प्रवेश गरेका हुन् ।

कैलालीका कोरोना संक्रमित युवाका आफन्तमा पनि संक्रमण फैलिएको छ। चैत ७ गते दुबईबाट भारत हुँदै ती युवा नेपाल आएका थिए । सोही रात उनी काठमाण्डुमा मामाको घरमा बसी चैत ८ गते बुद्ध एयरको विमानबाट नेपालगञ्ज आएका थिए । नेपालगञ्जबाट उनी अत्तरियासम्म माइक्रोमा, त्यहाँबाट धनगढीको चौराहासम्म विंगर गाडी र त्यहाँबाट अटोमा उनी धनगढीस्थित घर पुगेका थिए ।

भारतबाट आएका दुई जनामा पनि संक्रमण

भारतबाट आएका दुईजनामा पनि संक्रमण देखिएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ४१ वर्षका पुरुष र कैलालीको लम्कीचुहा नगरपालिका २१ वर्षका युवामा कोरोना संक्रमण भेटिएको हो ।

नेपाली सेनाको छाउनी अस्पतालका चिकित्सक टोलीले सुदूरपश्चिमका विभिन्न क्वारेन्टाइनबाट बिहीबार ९२ जनाको थ्रोट स्वाब संकलन गरी काठमाण्डु लगेको थियो । तीमध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us