कोरोना रोक्न सेना खटाउँदैछुः ट्रम्प

काठमाण्डु टुडे २०७६ चैत २३ गते ८:४६ मा प्रकाशित

काठमाण्डु, २३ चैत– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९ ) महामारी नियन्त्रण गर्न न्यूयोर्कमा सेना परिचलन गर्ने भएका छन् ।

ट्रम्पले महामारी नियन्त्रण गर्न आफूले न्यूयोर्कमा एक हजार सैन्य स्वास्थ्यकर्मी तैनाथ गर्ने योजना बनाएको बताए ।  न्यूयोर्क महामारीको केन्द्र बनेको छ । उक्त सहरमा मात्र हालसम्म ३ हजार ५ सय ६५ को ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्र ६ सय ३० जनाको ज्यान गएको छ । अमेरिकाभर हालसम्म ८ हजार ४ सय ५२ जनाको ज्यान गएको छ ।

यसैबीच न्यूयोर्कका गभर्नर एन्ड्रयू क्युमोले अझै थप खराब स्थिति आउन सक्ने चेतावनी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us