कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

काठमाण्डु टुडे २०७६ चैत २३ गते ९:१३ मा प्रकाशित

काठमाण्डु, २३ चैत– कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ ।

यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ । त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन् । यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ । यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ ।

चुरोट बढी तान्ने, समयमै स्वास्थ सेवा लिन अनिच्छुक र तुलनात्मक रुपमा हात कम धुनेमा महिलाभन्दा पुरुष बढी भएकाले यस्तो तर्क गरिएको हो । तर यहाँ एउटा वैज्ञानिक तथ्यलाई बिर्सिएको छ । त्यो हो– जीवनको निरन्तर अस्तित्वको हिसाबले महिलाभन्दा पुरुष कमजोर लिंग हो । यो जीवनको कालखण्डमा एकपटक मात्र आउने महामारीका बेलाको प्रसंग मात्र होइन । लैंगिक हिसाबमा अन्तर्न्हिित जैविक फाइदा जीवनको हरेक चरणमा हुन्छ ।

उदाहरणका लागि पहिलो जन्मदिन मनाउने मौका केटालेभन्दा केटीले बढी पाउँछन् । एक सय वर्षभन्दा बढी उमेरका मानिसमा ८० प्रतिशत महिला छन् भने ११० वर्षभन्दा बढी उमेरकामा ९५ प्रतिशत महिला छन् । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us