काठमाण्डुमा मन्त्रिपरिषदको निर्णय उल्लंघन, १३ सय पक्राउ

काठमाण्डु टुडे २०७६ चैत २३ गते ११:५८ मा प्रकाशित

काठमाण्डु, २३ चैत– कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने करिब १ हजार ३ सयलाई काठमाण्डु उपत्यकामा आइतबार ‘होल्ड’ गरिएको छ ।

मन्त्रिपरिषदले लकडाउनमा थप कडाई गर्ने निर्णय गरेको भोलिपल्टै उपत्यकामा लकडाउन तोडेर बाहिर आएका १ हजार २ सय ८८ जनालाई आइतबार बिहान होल्ड गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले ती मध्ये १४० पुरुष र २ सय ४८ महिला रहेको जानकारी दिए ।

दुई पांग्रे र चार पांग्रे गरी ६२ वटा सवारी साधन नियन्त्रणमा लिइएको उनले जनाए । सरकारले लकडाउन थप कडा बनाउने भनिरहेका बेला मानिसहरु भने अनावश्यक रुपमा घरबाहिर निस्कन छाडेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us