आधा जलिसकेको शव प्रहरीले नियन्त्रणमा लिएपछि…

काठमाण्डु टुडे २०७६ चैत २३ गते १३:२१ मा प्रकाशित

पर्सा, २३ चैत– पर्सामा बुहारी हत्या आरोपमा सासु ससुरासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका–८ रामनगरीका ६० वर्षीय सुरेश पण्डित, उनकी श्रीमती ५५ वर्षीया फुलकुमारी देवी र उनीहरुकै बुहारी २३ वर्षीया मालतीदेवी छन् ।

२५ वर्षीया बुहारी उर्मिलाको हत्या गरी घाटमा दाहसंस्कार गरिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाको टोली घटमै पुगेको थियो ।

प्रहरीले आधा जलिसेकको अवस्थामा उर्मिलाको शव फेला पारेको थियो । मृतकका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् । पर्सा प्रहरीले घटनाबारे थप छानबिन भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us