कडाउनलाई मात्र सफलता मानेर बसे महामारी फैलिन्छ !

काठमाण्डु टुडे २०७६ चैत २३ गते १३:३५ मा प्रकाशित

काठमाण्डु, २३ चैत– राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले कोरोना भाइरस (कोभिड–१९) को महामारी विरुद्ध लड्न सर्वदलीय राजनीतिक संयन्त्र आवश्यक रहेको बताएका छन् ।

राणाले सामाजिक सञ्जाल ट्विटरमार्फत आइतबार त्यस्तो अपिल गरेका छन् । लकडाउनलाई मात्र सरकारको अन्तिम सफलताको भावमा बुझिए गम्भीर भुल हुने राणाको चेतावनी छ ।  राणाले संक्रमण दोश्रो चरणमा प्रवेश गरिसकेकाले परीक्षणलाई व्यापक बनाउनुपर्नेमा जोड दिन सुझाएका छन् ।

‘कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ । बन्दाबन्दी नै अन्तिम सफलता भन्ने भावमा रमाए गम्भीर भूल हुनेछ । पूर्वतयारी गरौं, परीक्षण व्यापक बनाऔं’, राणाले भनेका छन्, ‘संकटको घडीमा राष्ट्र नै एकजुट भएर महामारीविरुद्ध लड्नुपर्ने बाध्यता छ । आमजनतालाई एकाकार गर्न सर्वदलीय संयन्त्र उपयुक्त माध्यम हुनेछ ।’

विदेशबाट फर्केका धेरै मानिस स्वास्थ्य जाँच नगरी वा क्वारेन्टाइनमा नबसी गाउँगाउँ पुथगेकाले जोखिम बढेकामा ध्यानाकर्षण गराउँदै राणाले चुनौतीसँग लड्न प्रदेश तथा स्थानीय तह सक्रिय हुनुपर्ने बेला आएको बताए । यस्तै राणाले आकस्मिक सेवाका बिरामीको समेत उपचार नगरी फिर्ता पठाउने अस्पतालमाथि कारबाहीको माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us