लकडाउन अवधि बढाउन केन्द्र सरकारलाई प्रदेश सरकारको सिफारिस

काठमाण्डु टुडे २०७६ चैत २३ गते १४:२० मा प्रकाशित

कैलाली, २३ चैत– सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन अवधि बढाउन संघीय सरकारलाई आग्रह गरेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले लकडाउन अवधि लम्ब्याउन केन्द्रीय सरकारलाई आग्रह गरिसकिएको बताए ।  शनिबार मात्र कैलालीमा दुई र कञ्चनपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पहिलोपटक समुदायमा कोरोना संक्रमण भएको सुदूरपश्चिम प्रदेशमै हो । मुख्यमन्त्री भट्टले लकडाउनको अवधि नबढाउँदा थप भयावह अवस्था आउन सक्ने देखिएकाले केन्द्रीय सरकारलाई सिफारिस गरेको उल्लेख गरे । ‘महामारी स्थानीय रुपमा फैलिन सक्ने जोखिम बढेको छ’, भट्टले काठमाण्डुटुडेसँग भने, ‘यस्तो बेला लकडाउनको अवधि बढाउनुको विकल्प छैन ।’

नेपालमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सरकारले गत ११ चैतमा लकडाउन घोषणा गरेको थियो । १८ गतेदेखि दोश्रोपटक लागू गरिएको लकडाउन २५ चैतमा सकिँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us