कोरोना संक्रमणमा भारतलाई पछ्याउँदै पाकिस्तान

काठमाण्डु टुडे २०७६ चैत २३ गते १९:३१ मा प्रकाशित

काठमाण्डु, २३ चैत– पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रुपमा फैलने संकेत देखिएको छ ।

भारतमा संक्रमणले महामारीको रुप लिन थालेसँगै छिमेकी पाकिस्तान पनि त्यसबाट अछुतो नरहने देखिएको हो । पाकिस्तानबाट कोरोना संक्रमितको संख्या झण्डै तीन हजार पुगेको छ । मृतकको संख्या ५४ पुगेको छ ।

आइतबार मात्र कोरोनाका २ सय नयाँ संक्रमित थपिएका छन् । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले सबैभन्दा बढी संक्रमित पन्जावमा रहेको जनाएको छ । त्यहाँ मात्र १ हजार १ सयभन्दा बढी कोरोनाका संक्रमित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us