अमेरिकाबाट भारत सर्दैछ कोरोना ‘हेडक्वार्टर ’

काठमाण्डु टुडे २०७६ चैत २३ गते २०:०७ मा प्रकाशित

काठमाण्डु, २३ चैत– पछिल्लो केही दिनयता छिमेकी भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रुपमा फैलिएको छ ।

भारतमा आइतबार अपराह्नसम्म संक्रमितको संख्या ३ हजार ३ सय ७४ पुगेको छ । आइतबार मात्र ४ सय ७२ जना नयाँ संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ । यस्तै ११ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको छ । बीबीसीले स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालको हवाला दिँदै भारतमा कोरोनाबाट ७९ जनाले ज्यान गुमाएको बताए ।

विश्व स्वास्थ्य संगठनले यही गतिमा संक्रमण फैलिए अमेरिकामा भन्दा महामारी भारतमा फैलने चेतावनी दिएको छ । भारतमा एक महिनाअघि जम्मा ४० जनामा मात्र संक्रमण पुष्टि भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us