नेपाल पठाउन स्वास्थ्य सामग्री संकलन गर्दै चिनियाँ सरकार र जनता

काठमाण्डु टुडे २०७६ चैत २३ गते २१:५३ मा प्रकाशित

काठमाण्डु, २३ चैत– चीनले कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

चीनले नेपाल पठाउन अत्यावश्यक स्वास्थ्य सामग्री संकलनको काम भइरहेको बताएको छ ।  नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले स्थानीय सरकार नागरिक स्तरबाट त्यस्ता सामग्री संकलन भइरहेको बताइन् । उनले चीनमा कोरोना महामारीका रुपमा फैलिएका बेला नेपाल र नेपालीबाट प्राप्त सहयोग र सदासयता भुल्न नसकिने खालको भएको टिप्पणी गरिन् ।

‘चीन कोरोनाविरुद्धको कठिन लडाइँमा रहेका बेला नेपालीहरुले चीनप्रति गरेको सहयोग र समर्थन चीनले कहिल्यै भुल्न सक्दैन’, राजदूत याङछीले नेपाली पत्रकारहरुको प्रश्नमो लिखित जवाफ पठाउँदै भनेकी छन्, ‘अहिले नेपाल अप्ठेरो अवस्थामा छ । चीन अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल पठाउन सधैं तयार छ ।’ राजदूत याङछीले त्यस सम्बन्धमा नेपाल र चीन सम्पर्कमै रहेको जानकारी दिइन् ।

सञ्चारकर्मीले नेपाल आएको चिनियाँ सामग्रीको गुणस्तरबारे राखेको जिज्ञाशामा उनले सामग्रीहरुको गुणस्तर फरक हुने स्वीकार गरिन् । यद्यपि उनले चीनबाट निर्यात गर्ने स्वास्थ्य सामग्रीको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभए निर्यात अनुमति नै नपाउने स्पष्ट गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us