कोरोना संक्रमित धनगढीका युवकको दोश्रो रिपोर्ट पनि पोजेटिभ

काठमाण्डु टुडे २०७६ चैत २३ गते २२:२४ मा प्रकाशित

काठमाण्डु, २३ चैत– कैलालीको धनगढीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका ३४ वर्षीय युवकको दाश्रोपटकको नमुना परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।

कोशी प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले संक्रमित युवको दोश्रो रिपोर्ट पनि पोजेटिभ नै आएको बताए ।  अस्पतालमा उपचाररत युवक र उनका परिवारका सदस्यको नमुना पुनः संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

दुबईबाट गत ११ चैतमा आएका ती युवककी भाउजुमा पनि शनिबार संक्रमण पुष्टि भएको थियो । युवकमा भने गत ४ चैतमा कोरोना संक्रमण पुष्टि भएको थियो । भाउजुबाहेक परिवारका अरु सदस्यको भने रिपोर्ट नेगेटिभ आएको डा. जोशीले बताए ।

दोश्रो रिपोर्ट पनि पोजेटिभ आएकाले फेरि नमुना संकलन गरी परीक्षणका लागि पठाइने सेती प्रादेशिक अस्पतालले जनाएको छ । उक्त अस्पतालमा चार संक्रमितको उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us