चीनमा देखियो कोरोना–२, यसअघिको भन्दा खतरनाक हुने विज्ञको चेतावनी

काठमाण्डु टुडे २०७६ चैत २५ गते २३:१६ मा प्रकाशित

काठमाण्डु, २५ चैत– विश्वभर महामारीको रुपमा फैलिए पनि चीनमा नियन्त्रण उन्मुख भएको भनिएको कोरोना भाइरस (कोभिड–१९) झन् डरलाग्दो रुपमा देखा पर्न थालेको छ ।
यसअघि लक्षण देखिने कोरोना संक्रमण फैलिए पनि नयाँमा लक्षण केही नदेखिने चीनका अस्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । चीन क्रमशः कोरोना मुक्त बन्दै गएको अनुमानबीच १ हजार ५ सय ४१ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।
कोभिड–१० का बिरामीमा उच्च ज्वरो आउने, स्वासप्रश्वासमा समस्या हुने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता लक्षण देखिन्थ्यो । तर, नयाँ रुपमा आएको कोरोनाको केही पनि लक्षण हुँदैन । लक्षणबिनै मानव शरीरमा हमला गर्ने भएकाले एकैपटक बिरामीको मृत्यु हुनसक्छ । चेकजाँच नगरी पत्ता नलाग्ने भएकाले अब कोरोना संक्रमित छुट्याउनै समस्या पर्ने देखिएको विशेषज्ञहरुले बताएका छन् ।
चाखलाग्दो के छ भने यसअघि झैं यो पटक पनि कोरोनाको नयाँ संक्रमण चीनको हुवेई प्रान्तको वुहानबाटै भएको छ । मानिसले रोग लागेको थाहै नपाउने भएकाले यसलाई थप खतरनाक मानिएको छ । नयाँ रुपमा प्रकट भएको कोभिड–१९ लाई एसिम्टोम्याटिक नाम दिइएको छ । चिकित्सकले एसिम्टोम्याटिक कोरोनाका संक्रमित कोभिड–१९ का सामान्य बिरामीभन्दा अधिक खतरनाक हुने चेतावनी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us