लकडाउन उल्लंघन गरे नगद जरिवाना

काठमाण्डु टुडे २०७६ चैत २८ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, २८ चैत– काठमाण्डुको चन्द्रागिरी नगरपालिकाले लकडाउन उल्लंघन गर्नेमाथि आर्थिक जरिवाना लगाउने भएको छ ।

नगरपालिका क्षेत्रभित्र लकडाउन उल्लंघन गरेको पाइएमा आर्थिक ऐनअनुसार जरिवाना गर्ने निर्णय भएको नगरप्रमुख घनश्याम गिरीले बताए । अनावश्यक रुपमा मानिसहरु घरबाहिर निस्कन नछाडेपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन त्यस्तो निर्णय गरिएको प्रमुख गिरीले स्पष्ट गरे ।

उनका अनुसार लकडाउन उल्लंघन गर्नेमाथि १ सयदेखि १ हजारसम्म जरिवाना लगाइने छ । शुक्रबार पहिलो दिन ५० जनालाई जरिवाना तिराइएको नगरपालिकाले जनाएको छ ।

लकडाउन उल्लंघन गर्नेको लगत राखिने र दोश्रोपटक उल्लंघन गरेको पाइएमा दोब्बर जरिवाना लगाइने नगरपालिकाको निर्णयमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us