कोरोनाको उपचारमा संलग्नको मृत्यु भए ५० लाख

काठमाण्डु टुडे २०७६ चैत २८ गते १६:३६ मा प्रकाशित

जनकपुर, २८ चैत– प्रदेश–२ सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा उपचारमा संलग्नको उपचार भए परिवारलाई ५० लाख क्षतिपूर्ति दिने भएको छ ।

प्रदेश मन्त्रिपरिषदको शुक्रबारको बैठकले त्यस्तो निर्णय गरेको हो । कोभिड–१९ को उपचार तथा उद्धारमा संलग्न सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी, एम्बुलेन्स चालक लगायतको मृत्यु भएमा परिवारले राहत पाउने प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

प्रदेश सरकारले लकडाउनका कारण पीडित भएका किसानले  बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋणको ४ महिनाको ब्याज तिरिदिने निर्णय समेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us