चिकित्सक र स्वास्थ्यकर्मीको तलब काट्ने निर्णय भएको छैनः सरकार

काठमाण्डु टुडे २०७६ चैत २८ गते १७:०७ मा प्रकाशित

काठमाण्डु, २८ चैत– सरकारले कोरोना भाइरस (कोभिड–१९) का बेला काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टा नगरिएको स्पष्ट गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीको पारिश्रमिक कट्टी नगरिएको बताए ।  ‘डाक्टर र स्वास्थ्यकर्मीको तलब कट्टी गरिएको छैन’, स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेनमा देवकोटाले भने ।

मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने गरी अरु कर्मचारीको तलब कट्टा गरे पनि चिकित्सक र स्वास्थ्यकर्मीको नगरेको देवकोटाले स्पष्ट गरे । उनले मन्त्रालयबाट पनि त्यस्तो निर्देशक जारी नगरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us