नेपालका एक जनप्रतिनिधिमाथि भारतीय मिडियाको आरोपः जो भारतमा कोरोना फैलाउन सक्रिय छन्

काठमाण्डु टुडे २०७६ चैत २८ गते २३:१३ मा प्रकाशित

काठमाण्डु, २८ चैत– भारतीय सञ्चार माध्यमले नेपालका एक जनप्रतिनिधिलाई भारतमा कोरोना भाइरस (कोभिड–१९) फैलाउन सक्रिय रहेको संघीय आरोप लगाउँदै समाचार प्रसारण गरेका छन् ।

ती सञ्चार माध्यमले नेपालको सीमा क्षेत्रलाई प्रयोग गरी भारतमा कोरोना फैलाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । समाचारमा भारतीय सीमा सुरक्षा बल एसएसबीको हवाला दिइएको छ । इण्डिया टुडेले एसएसबीले बिहार राज्यस्थित पश्चिम चम्पारण जिल्लाका डीएम र प्रहरीका एसपीलाई त्यसबारे लिखित पत्राचार नै गरेको बताएको छ । समाचारमा पत्रसमेत प्रकाशित गरिएको छ ।

समाचारमा आरोप लगाइएका जनप्रतिनिधि जालिम मियाँ भारतमा कोरोना फैलाउने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाइएको छ । नेकपाका स्थानीय नेता मियाँ पर्साको जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष हुन् ।
मियाँमाथि नेपालबाट भारतमा हातहतियार र जाली नोट ओसार–पसारमा समेत संलग्न रहेको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us