लकडाउन उल्लंघन गर्नेमाथि प्रहरीले गोली चलायो, स्थिति तनावपूर्ण

काठमाण्डु टुडे २०७७ वैशाख २ गते ८:५८ मा प्रकाशित

सिरहा, २ वैशाख– सिरहामा लकडाउन उल्लंघन गर्ने स्थानीय र प्रहरीबीच झडप भएपछि गोली चलेको छ ।

सिरहा नगरपालिका(१७ पछेर्वामा सोमबार साँझ स्थानीयको उत्तेजित भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो ।

झडप नियन्त्रणमा लिन २३ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
स्थानीयले लकडाउन उल्लंघन गरेको सूचनाका आधारमा गएको प्रहरी टोली र स्थानीयबीचको विवादले झडपको रुप लिएको उनले बताए । झडप अन्त्य भए पनि बिहानसम्म स्थिति तनावपूर्ण रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us