कोरोना संक्रमित गुरुङको हृदयघातबाट निधन

काठमाण्डु टुडे २०७७ वैशाख १२ गते २२:५४ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक नेपालीको लण्डनमा हृदयघातबाट मृत्यु भएको छ ।

भूतपूर्व गोर्खा सैनिक ४५ वर्षीय शंकर गुरुङको हृदयघातबाट निधन भएको हो । उनको नेपालस्थित ठेगाना गोरखाको सिरानचोक गाउँपालिका भएको बताइएको छ ।

जागिरबाट अवकाश पाएपछि सुरक्षा गार्डका रुपमा कार्यरत गुरुङको बिहीबार लण्डनको ह्वाइट सिटी क्षेत्रमा ड्युटी सकेर फर्कने क्रममा बाटैमा हृदयघातबाट मृत्यु भएको थियो ।

उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । एक्कासि सडकमा ढलेको देखेपछि प्रहरीले एम्बुलेन्स बोलाएर अस्पष्ताल लगेको थियो । अस्पताल पु¥याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनमा ज्वरा आउने, रुखा, खोकीजस्ता कोरोनासँग मिल्दोजुल्लो समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ ।

अस्पतालले परीक्षणका लागि नमुना संकलन गरे पनि कोभिड–१९ को रिपोर्ट आउन बाँकी छ । यद्यपि चिकित्सकले कोभिड–१९ भएको हुन सक्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us