एजेन्सी– चर्चित बलिउड अभिनेता ऋषि कपुरको बिहीबार निधन भएको छ ।
क्यान्सर रोगसँग जुध्दै आएका कपुरको ६७ वर्षको उमेरमा अस्पतालमा निधन भएको हो । यसअघि बुधबार मात्र बलिउडका अर्का चर्चित अभिनेता इरफान खानको निधन भएको थियो ।
लगातार दुई चर्चित फिल्मी स्टारको निधनले भारतीय चलचित्र उद्योग शोकमा डुबेको छ । स्वास प्रश्वासको समस्या बढेपछि उनलाई बुधबार मात्र अस्पताल भर्ना गरिएको थियो ।
कपुर अमेरिकामा एक वर्षसम्म उपचार गराएर गत सेप्टेम्बरमा मात्र भारत फर्किएका थिए ।