लकडाउन उल्लंघन आरोपमा नायिका पाण्डे पक्राउ

काठमाण्डु टुडे २०७७ वैशाख २९ गते ९:५८ मा प्रकाशित

एजेन्सी– भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन् ।

बीएमडब्लु कारमा साथीहरुसँग घुमिरहेका बेला लकडाउन उल्लंघनको आरोपमा पाण्डेलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो ।
पुनम र उनीसँगै पक्राउ परेका सेम अहमदलाई सरकारी नियम उल्लंघन गरेको आरोपमा अदालतमा मुद्दा दायर गर्ने तयारी भएको मुम्बई प्रहरीले जनाएको छ ।

उनीहरु ड्राइभ इलाकास्थित एक पाँच तारे होटल बाहिर पक्राउ परेका थिए । प्रहरीले पाण्डेको कार पनि नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us