कोरोनाको खोप पत्ता नलागे पनि केही छैन, अब मानिसले यो पचाउन सक्छन्ः ट्रम्प

काठमाण्डु टुडे २०७७ जेठ ३ गते १०:२६ मा प्रकाशित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पत्ता नलागे पनि अमेरिका अब खुल्ने बताएका छन् ।

अमेरिकामा ८७ हजार बढीको कोरोनाबाट मृत्यु भइसकेको अवस्थामा ट्रम्पले अब अमेरिका खुल्ने बताएका हुन् । उनले यही वर्षको अन्त्यसम्ममा कोभिड–१९ विरुद्धको खोप पत्ता लाग्ने पनि दाबी गरे । ‘सन् २०२० को अन्तिमसम्म कोभिड–१९ विरुद्धको खोप पत्ता लाग्छ’, ट्रम्पले भनेका छन्, ‘खोप पत्ता लागा्स या नलागोस् अब अमेरिका खुल्छ, अमेरिकीहरु सामान्य दैनिकीमा फर्कन्छन् ।’

उनले हाल कोरोनाविरुद्ध विभिन्न १४ प्रकारका खोप निर्माणको प्रयास भइरहेको उल्लेख गरे । अरु धेरै भाइरसको पनि खोप नबनेको चर्चा गर्दै ट्रम्पले तर ती भाइरस मानिसले सजिलै पचाइरहेको जिकिर गरे । कोरोना पनि मानिसले त्यसै गरी पचालन सक्ने उनको भनाइ थियो । –बीबीसी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us