अब जेठ २० गतेसम्म लकडाउन

काठमाण्डु टुडे २०७७ जेठ ४ गते १८:३९ मा प्रकाशित

sf7df8f}F, % r}t M
sf]le8–!( /f]syfd tyf lgoGq0f pRr:t/Lo ;dGjo ;ldlt a}7s
sf]le8–!( /f]syfd tyf lgoGq0f pRr:t/Lo ;dGjo ;ldltsf] a}7s l;+xb/af/l:yt k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{nodf a:b} .t:jL/M /f]zg ;fksf]6f÷/f;;

काठमाण्डु, ४ जेठ– सरकारले कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाउँदै आएको लकडाउन थप १५ बढाउन उच्चस्तरीय समन्वय समितिले मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको छ ।

समितिले जेठ ५ देखि २० गतेसम्म लकडाउन अवधि थप गर्न सिफारिस गरेको हो ।  यसअघि घोषित लकडाउन भोलि (सोमबार) सकिँदै छ । मुलुकका विभिन्न जिल्लामा कोरोना महारीका नयाँ संक्रमित बढ्दै गएपछि सरकारले लकडाउन बढाउन लागेको हो ।

नेपालमा हालसम्म कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ सय ९२ पुगेको छ ।

समितिको सिफारिसअनुसार जारी मन्त्रिपरिषद बैठकले औपचारिक रुपमा लकडाउन अवधि थप गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us