प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

काठमाण्डु टुडे २०७७ जेठ ५ गते १८:१४ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बस्ने बैठकमा पछिल्लो समय कोरोना संक्रमितको संख्यमा अधिक बढेपछिको अवस्थाबारे छलफल हुने एक मन्त्रीले काठमाण्डुटुडेलाई जानकारी दिए । सोमबार एकै दिन बाँकेमा ४७ सहित ६३ जनामा कोरोना पुष्टि भएको छ ।

सरकारले यसअघि हिजो मात्र लकडाउन अवधि १५ दिन थप गर्दै आगामी २० वैशाखसम्म लम्ब्याउने निर्णय गरेको थियो । संक्रमित एकैपटक ह्वात्तै बढ्न थालेपछि मन्त्रिपरिषदभित्र केही समय सिंगो देशभर कफ्र्यु लगाउनुपर्ने सुझावसमेत आएको ती मन्त्रीले बताए ।

यस्तै सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ कसरी दिने भन्नेबारे पनि मन्त्रिपरिषदमा छलफल हुने बुझिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी ओलीले मंगलबार प्रतिनिधिसभामा जवाफ लिने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us