नेकपा नेतामा कोरोना संक्रमण

काठमाण्डु टुडे २०७७ जेठ ११ गते १९:४९ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक युवा नेतामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–३ ओखरपौवाका ३८ वर्षीय संक्रमित नेकपाका बाममति प्रदेश कमिटी सदस्य र युवा संकका पदाधिकारी हुन् ।

उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी केही दिनअघि काठमाण्डु महानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा स्थानीयको तर्फबाट बैठकमा सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us