फेरि थपिए कोरोना संक्रमित

काठमाण्डु टुडे २०७७ जेठ १९ गते १४:२८ मा प्रकाशित

काठमाण्डु, १९ जेठ– नेपालमा सोमबार थप ३२ जनामा कोरोना भाइस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

दैलेखका १७, सल्यानका ५ र सुर्खेतका पाँच जनामा कोरोना पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये दैलेख नारायण नगरपालिका– १, ३, ४, ५, ८ र १० नम्बरवडाका १६ जना, महावु गाउँपालिका– ३ का एकजना, सल्यानको बनगाड कुपिण्डे नजरपालिका– १, ३, ५, ६, र ७ नम्बर वडाका १० जना र सुर्खेतको बराहाताल गाउँपालिका– १ र १० का पाँच जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।कर्णालीमा मात्र कोरोना संक्रमितको संख्या १ सय ९८ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us