नेपालको संसदभित्रै भारतीय चेलीको दादागिरी !

काठमाण्डु टुडे २०७७ जेठ १९ गते १४:४१ मा प्रकाशित

काठमाण्डु, १९ जेठ–सत्तारुढ नेकपा नेकपा सांसद गंगा चौधरी सत्गौवाले नेपालको संसदमा ‘भारतीय चेलीको दादागिरी’चलेको टिप्पणी गरेकी छन् ।

प्रतिनिधिसभाको शून्य समयमा सोमबार सांसद चौधरीले मिचिएको नेपाली भूमिको नक्सा सार्वजनिक गर्न भारतसँग सल्लाह गर्नुपर्ने भन्ने समाजवादी पार्टीकी संसद सरिता गिरीको अभिव्यक्तिप्रति आपत्ति जनाएकी हुन् । गत साता संसदमा बोल्दै गिरीले नक्सा जारी गर्दा भारतसँग सरसल्लाह नगरेको भन्दै आपत्ति जनाएकी थिइन ।

। ‘नेपालमाथि भारतको दादागिरी, नमिचिएको भूमि ठाउँ छैन, नहेपिएको गाउँ छैन । भन्दाभन्दै यो सदनभित्र पनि भारतीय चेलीको दादागिरी चल्न थाल्यो । मेरो देशको मिचिएको भूमि मेरो हो भन्न पनि मिचाहासँग सल्लाह गर्नुपर्ने ? ,चौधरीले भनिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us