लकडाउनको मोडालिटी परिवर्तन हुँदै

काठमाण्डु टुडे २०७७ जेठ १९ गते २०:२४ मा प्रकाशित

काठमाण्डु, १९ जेठ– सरकारले भोलि (मंगलबारदेखि) लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ ।

लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे गृहकार्य भइरहेको एक मन्त्रीले काठमाण्डुटुडेलाई जानकारी दिए । पछिल्लो पटक थप गरिएको लकडाउनको अवधि ३२ जेठमा सकिँदैछ । ‘लकडाउनको अवधि ३२ गतेसम्म भए पनि अहिले हुदै आएको लकडाउनको मोडालिटीमा परिवर्तन हुँदैछ’, ती मन्त्रीले भने, ‘सम्भवतः भोलिदेखि नै केही महसुस हुने गरी परिवर्तन होला ।’

यद्यपि संक्रमितहरुको संख्या बढिरहेका क्षेत्रमा भने कसरी लकडाउन जारी राख्ने भन्नेबारे विभिन्न कोणबाट छलफल चलेको उनले बताए । ती मन्त्रीका अनुसार पहिलो चरणमा हाल संक्रमित नदेखिएका र जोखिम कम भएका जिल्लामा खुकुलो गर्ने तयारी छ ।

छिमेकी भारतले समेत भोलिबाटै लकडाउनको स्वरुप परिवर्तन गर्न लागेको छ । कोभिड–१९ महामारीबाट अतिप्रभावित युरोप र अमेरिकासहितका मुलुकले लकडाउन हटाइसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us