महोत्तरीमा गर्भवतीको मृत्यु्

रासस २०७७ जेठ १९ गते २२:३५ मा प्रकाशित

महोत्तरी, १९ जेठ– महोत्तरीको एकडारा गाउँपालिकामा स्वास फेर्ने समस्याबाट साेमबार एक गर्भवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका–२ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक स्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो ।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us