अब सेना परिचालन !

काठमाण्डु टुडे २०७७ जेठ २० गते ८:२० मा प्रकाशित

काठमाण्डु, २० जेठ– प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड–१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक गतिविधि, सरकार सञ्चालन र कोभिड–१९ को कारण देखा परेको असहज अवस्थाबारे जानकारी दिएका हुन् । ‘उहाँहरूबीच सरकार सञ्‍चालन, समसामयिक विषयवस्तु र घटनाक्रमबारे छलफल भएको हो । सरकार सञ्चालन र पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीले रिपोर्टिङ गर्नुभएको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले भने, ‘यो नियमित ब्रिफिङ र भेटघाटको सिलसिला हो। सञ्चार माध्यममा सेना परिचालन र अन्य विषयमा जानकारी दिन प्रधानमन्त्री आउनुभएको भनिए पनि त्यसप्रकारको छलफल भएको जानकारी छैन ।’

विपद्मा मन्त्रिपरिषद्ले सेना परिचालन गर्न सक्ने संवैधानिक व्यवस्था छ र त्यहीअनुसार सेनाकै छाउनीमा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) पनि स्थापना भएको हो । विदेशबाट फर्कने र प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने सरकारले जनाइसकेको छ । यो विषय मन्त्रिपरिषद्बाट शनिबार सीसीएमसीले तयार गरेको कार्ययोजना पनि पारित भइसकेको छ । त्यहीअनुरूप काम हुने सरकारले कार्ययोजना सार्वजनिक गरिसकेको छ ।

अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us