बिहानै थपिए कोरोना संक्रमित

काठमाण्डु टुडे २०७७ जेठ २० गते ८:३४ मा प्रकाशित

काठमाण्डु, २० जेठ– स्याङजा र पर्वतमा कोरोना भाइरस (कोभिड–१९) का १० नयाँ संक्रमित थपिएका छन् ।

स्याङजामा पाँच र पर्वतमा पाँज जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स्याङ्जा चापाकोट नगरपालिकाका २२, २६, ३२ र ४० वर्षका पुरुष र बिरुवा गाउँपालिकाका २० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

केही दिनअघि भारतबाट फर्किएका उनीहरु क्वारेन्टिनमा बसेका थिए । यस्तै पर्वतको फलेबास नगरपालिकाका–२ का २० र ४० वर्षका २ पुरुष र महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने तयारी गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us