लकडाउन खुकुलो पार्ने मन्त्रिपरिषदको निर्णय, मोडालिटी बनाउने जिम्मा समितिलाई

काठमाण्डु टुडे २०७७ जेठ २२ गते २०:१३ मा प्रकाशित

काठमाण्डु, २२ जेठ– सरकारले कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लगाउँदै आएको लकडाउन खुकुलो गर्ने भएको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको वर्तमान मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो । बैठकले मोडालिटी तय गरेर पेश गर्ने जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिलाई दिएको एक मन्त्रीले जानकारी दिए ।

समितिलाई दुई दिनभित्र मोडालिटी तय गर्ने जिम्मेवारी दिइएको छ । पछिल्लो समय थप गरिएको लकडाउन अवधि ३२ जेठमा सकिने भए पनि सरकारलाई लकडाउन खुकुलो पार्न चौतर्फी दबाब र सुझाव छ ।

उपत्यकासहित विभिन्न जिल्लाका व्यवसायीले बिहीबार लकडाउन उल्लंघन गर्दै पसल खोलेका थिए । व्यवसायीको उक्त कदमपछि सरकार दबाबमा परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us