कोरोना संक्रमणबाट गएराति एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७७ जेठ २३ गते ९:१२ मा प्रकाशित

जुम्ला, २३ जेठ– नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट थप एक जनाको मृत्यु भएको छ ।

पञ्चपुरी नगरपालिका–१  हाँसेका २० वर्षीय युवकको२० वर्षीय युवकको गएराति मृत्यु भएको हो । उनी १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए ।

आरडिटी  र पीसीआर परीक्षणमा कोरोना नदेखिएपछि घर गएका उनको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृत्युपछि गरिएको नमुना परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us