क्वारेन्टिनमा बसेकाको शंकास्पद मृत्यु

काठमाण्डु टुडे २०७७ जेठ २३ गते ९:४८ मा प्रकाशित

जुम्ला, २३ जेठ– जुम्लाको चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ ।

गत २१ जेठमा बाहिरबाट आएर क्वारेन्टिनमा बसेका उनको गएराति मृत्यु भएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । कर्णाली प्रतिष्ठानबाट स्वाब संकलनका लागि स्वास्थ्यकर्मी टोली क्वारेन्टिन गएको छ ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले मृतकमा कोरोना भए÷नभएकोबारे रिपोर्ट आएपपछि मात्र यकिन नभएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us