कर्णेलसहित १० भारतीय सैनिक चिनियाँ सेनाको कब्जामा रहेको खुलासा

काठमाण्डु टुडे २०७७ असार ५ गते १२:४२ मा प्रकाशित

एजेन्सी–चिनियाँ सेनाले लद्दाखबाट १० भारतीय सैनिकलाई नियन्त्रणमा लिएको खुलासा भएको छ ।

भिडन्तपछि चिनियाँ जनमुक्ति सेनाले भारतीय सेनाका एक लेफ्टिनेन्ट कर्णेल र तीन मेजरसहित १० जनालाई नियन्त्रणमा लिएको थियो । अपहृतलाई रिहा गर्न भारतीय सेनाले चिनियाँ जनमुक्ति सेनासँग मेजर जनरल स्तरमा वार्ता गरेको थियो ।

उनीहरुलाई बिहीबार छाडिएको द हिन्दूले जनाएको छ । यसअघि १५ र १६ जुनमा सीमा क्षेत्रमा भएको भिडन्तमा २० भारतीय सैनिकको ज्यान गएको थियो । यस्तै अरु ७८ भारतीय सैनिक घाइते छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us