कोभिड–१९ महामारी खतरनाक चरणमा प्रवेशः डब्लुएचओ

काठमाण्डु टुडे २०७७ असार ६ गते ९:४० मा प्रकाशित

एजेन्सी– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड–१९) महामारी खतरनाक चरणमा प्रवेश गरेको भन्दै सचेत रहन चेतावनी दिएको छ ।

डब्लुएचओले महामारी रोकिनुको साटो थप बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओका प्रमुख टेड्रोस अधनोम घेब्रेयससले कोरोना महामारी नयाँ र खतरनाक चरणमा प्रवेश गरेको बताएका छन् । हालसम्म संसारभर ८७ लाख ३४ हजार ९७२ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोनाबाट ४ लाख ६१ हजार ५ सय चार जनाको मृत्यु भइसकेको छ । अमेरिकामा मात्र कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख १८ हजार ९ सय ९१ पुगेको छ । संसारभर गत बिहीबार मात्र १ लाख ५० हजार नयाँ संक्रमित थपिए । महामारी सुरु भएपछि एकै दिन यति ठूलो संख्यामा संक्रमित थपिएको यो पहिलोपटक हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us