फेरि लकडाउन गर्ने तयारी

काठमाण्डु टुडे २०७७ असार ८ गते ७:५८ मा प्रकाशित

sf7df8f}F, % r}t M
sf]le8–!( /f]syfd tyf lgoGq0f pRr:t/Lo ;dGjo ;ldlt a}7s
sf]le8–!( /f]syfd tyf lgoGq0f pRr:t/Lo ;dGjo ;ldltsf] a}7s l;+xb/af/l:yt k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{nodf a:b} .t:jL/M /f]zg ;fksf]6f÷/f;;

काठमाण्डु, ८ असार– सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि फेरि लकडाउन गर्ने तयारी थालेको छ ।

पछिल्लो समय संक्रमितको संख्यामा लगातार वृद्धि भएसँगै सरकारले पुनः लकडाउनको तयारी गरेको हो । नेपालमा कोरोनाको पहिलो संक्रमित देखिएको दुई दिनपछि गत ११ चैतमा सरकारले लकडाउन घोषणा गरेको थियो । गत ३२ जेठसम्म मुलुक लकडानमै रह्यो ।

लकडाउनको विकल्प खोज्न चौतर्फी दबाब बढेपछि सरकारले हाल लकडाउनको स्वरुपमा फरिवर्तन गरेको छ । बजार–पसल, बैंक तथा वित्तिय संस्था, उद्योगधन्दा, विकास निर्माणका काम खुलेका छन् । उपत्यकाभित्र तीन जिल्ला र अन्यत्र सम्बन्धित जिल्लाभित्र मानिसहरुको आवतजावत पनि निषेधित छैन ।

बजारहरुमा मानिसको बाक्लो भिडभाड देखिन थालेको छ । यही मौकामा उपत्यका बाहिरबाट उपत्यका भित्रने क्रम पनि तीव्र भएको छ । भिडभाडमा महामारीबाट जोगिन सामाजिक दूरी कायम गर्नेसहित विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड पालना गरेको पनि देखिँदैन । यही अवस्थाबीच सरकारले महामारी अनियन्त्रित रुपमा फैलन सक्ने आंकलनसहित पुनः लकडाउनको तयारी गरेको छ ।

एक मन्त्रीका अनुसार लकडाउनको स्वरुपबारे राष्ट्रिय संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा छलफल भइरहेको छ । ‘पहिलाकै स्वरुपको लकडाउन अब नहोला’, ती मन्त्रीले भने, ‘तर, अहिलेको जस्तो भद्रगोल अवस्था पनि लामो समय रहन दिनुहुँदैन भन्ने निस्कर्षमा सरकार पुगेको छ ।’

यद्यपि अहिले पनि मुलुक एक प्रकारको अघोषित लकडाउनको अवस्थामा रहेको ती मन्त्रीले बताए । ‘अहिले पनि अघोषित प्रकारको लकडाउन त छ’, उनले भने, ‘आर्थिक गतिविधि पनि चलिरहने र महामारी नियन्त्रण पनि हुने गरी गृहकार्य भइरहेको छ ।’

यद्यपि प्रदेश तहबाट लकडाउन हुन सक्ने उनले बताए । महामारी अथिप्रभावित क्षेत्रमा सीसीएमसी र संघीय सरकारसँग समेत समन्वय गरेर सम्बन्धित प्रदेश वा स्थानीय तहले निश्चित समयका लागि लकडाउन गर्न सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us